नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुन्छः ओली


२१ जेष्ठ २०८०, आईतवार १८:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताउनुभएको छ ।

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगाएतका बिषयमा संसद अवरोध भएपछि अध्यक्ष ओलीले संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुने बताउनुभयो ।

प्रतिपक्षी दलहरुले बिरोधका कारण संघीय संसदको दुई सदनको बैठक अबरुद्ध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here