मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिम विजयी


२१ जेष्ठ २०८०, आईतवार १२:३२ मा प्रकाशित
KUALA LUMPUR, MALAYSIA - JUNE 01: during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on June 01, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ ।

आइतबार भएको पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो । 

नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो ।

पहिलो खेलमा पराजित नेपालले शनिबार भएको चौथो खेल पनि हारे पछि पाँचौ खेल निर्णायक बनेको थियो ।

आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो ।

नेपालका लागि ‌ओपनिङ ब्याटर सीता रानामगरले ३४ रन जोडिन् भने कप्तान रूबिना क्षेत्रले २३ रनको योगदान गरिन् ।

अप्सरी बेगमले १३ बलमा नटआउट १५ रन जोडे पनि नेपालको जित सम्भव भयो ।

ज्योती पाण्डेले नटआउट ११ रन जोड्दा नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा मलेसियाकी एइना हसिमले २ विकेट लिइन् ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेटको क्षतिमा १०९ रन जोड्यो ।

मलेसियाका लागि ओपनरद्वय एनी दुराइसिघंमले २४ रन र वान जुलियाले ४७ रन जोडेका थिए । यस्तै महिरा इस्माइलले २० रनको योगदान दिए ।

बलिङमा नेपालकी कविता जोशीले २ विकेट लिइन् भने इश्वरी विष्टले १ विकेट हात पारिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here