मन्त्रालय र बिभिन्न बिभागहरुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतकोआकस्मिक अनुगमन


२५ बैशाख २०८०, सोमबार १६:२० मा प्रकाशित

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र बिभिन्न बिभागहरुमा आकस्मिक अनुगमन गर्नुभएको छ ।

सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुग्नुभएका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गर्नुभएको हो ।

सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ । समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिनुभएको थियो । मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उहा टेकु स्थीत बिभिन्न बिभाग पुगेर आकस्मिक अनुगमन गर्नुभएको थियो ।

बिभिन्न बिभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको थियो ।

मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताउनुभयो । उहाले समयमा नै कार्यालय पुग्ने कर्तव्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा राख्नुभयो ।

सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने जिकिर गर्नुभयो ।उहाले बिभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरि काम गर्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले समयमा नै आएर काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here