रातो मच्छिन्द्रनाथ जात्रामा सोमबार महिलाहरुले रथ ताने


२५ बैशाख २०८०, सोमबार १६:१६ मा प्रकाशित

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत सोमबार महिलाहरुले रथ तानेका छन् ।

सोमबार बिहान ललितपुरको थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटोसम्म पु¥यााएका हुन् ।

महिलाहरुले रथ तान्नुलाई ‘याक मिसा भुज्या’ भन्ने गरिन्छ । अरु समय पुरुष महिला मिलेर तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलिपल्ट महिलाहरुले मात्रै तान्ने गर्छन् ।

मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा हराएको र महिलासँग रहेको थाहा पाएपछि पूजा गरी फर्काएको भन्दै एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा रहेको किम्वन्दी छ । 

रथ इतिटोल पुगेपछि साइत हेरेर र जाउलाखेल पुराईन्छ । जाउलाखेलमा भोटो देखाइसकेपछि रातो मछिन्द्रनाथको रथ बुङ्गती फिर्ता गरेसँगै सबैभन्दा लामो रथयात्रा समापन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here