काठमाडौँ महानगरभित्र रहेका अव्यवस्थित तार हटाउन सुरु


२५ बैशाख २०८०, सोमबार १६:११ मा प्रकाशित

काठमाडौ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाका प्रतिनिधिहरु मिलेर महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरेको हो ।

सोमबार माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो ।

त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको थियो । महानगरभित्र रहेका झुन्डिएका र अनावश्यक तार काट्ने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here