स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेर विरोध गरे


२५ बैशाख २०८०, सोमबार १६:०९ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेर विरोध जनाउनुभएको छ ।

सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय माग गर्नुभएको थियो । तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा जाने र बोल्न समय दिन नमिल्ने बताएपछि सिंहले कपडा खोल्नुभएको थियो । सिंहले कपडा खोलेपछि सभामुख घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिनुभयो ।

उहाले सिंहले संसदीय मर्यादा कायम नगरे थप कारवाही गर्ने चेतावनी दिएपछि सिंहले कपडा लगाउनुभएको थियो । बैठकमा अन्य सांसदहरुले पनि बैठकको सुरुमै बोल्न माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here