उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै


६ चैत्र २०७९, सोमबार ०९:१८ मा प्रकाशित

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथग्रहण कार्यक्रम आज हुँदैछ । उपराष्ट्रपति यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिंदै हुनुहुन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम रहेको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको थियो ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हिजो दिउँसो बुझाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here