रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग


६ चैत्र २०७९, सोमबार ०७:२४ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) ले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।

एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।

अन्तर्राष्ट्रियरूपमा रासायनिक मलको मूल्य घटिरहेको बेला नेपालमा भने बढाउनु अनुचित रहेको उहाँले बताउनुभयो । सरकारले रासायनिक मलको मूल्यवृद्धिले कृषि क्षेत्रलाई कमजोर बनाउन खोजेको उहाँको भनाइ थियो।

‘मलको मूल्य बढाएर सरकारले कृषि क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ। मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्दछ। स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले जोड दिनुपर्दछ,’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here