उपराष्ट्रपति यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


६ चैत्र २०७९, सोमबार १०:५७ मा प्रकाशित

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उपराष्ट्रपति यादवले शपथ लिनुभएको हो ।

जनता समाजवादी पार्टीका नेता यादव चैत ३ गते सम्पन्न निर्वाचनबाट उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

उपराष्ट्रपति निर्वाचित भएपछि यादवले जनता समाजवादी पार्टी (जसपा)बाट अलग हुनुभएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति निर्वाचित भएपछि यादवको राजीनामा स्वीकृत गर्नुभएको छ ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here