विश्व मधुमेह दिवस (नोभेम्बर १४) को अवसरमा मधुमेहबाट बच्न तथा मधुमेह भएका व्यक्तिले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न अपनाउनुपर्ने १० उपयोगी सुझाव :
1. सन्तुलित खाना खानुहोस् : दैनिक खानामा हरियो सागसब्जी, दाल, गेडागुडी र प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुहोस्।
2. भातको मात्रा मिलाउनुहोस् : भात खानै छोड्नुपर्दैन, तर धेरै मात्रामा एकैपटक नखानुहोस्।
3. गुलियो पेय पदार्थ त्याग्नुहोस् : चिनी हालेको चिया, कोल्ड ड्रिंक्स, प्याकेटका जुस र इनर्जी ड्रिंक्सबाट बच्नुहोस्।
4. जुसभन्दा साबुत फल खानुहोस् : स्याउ, अम्बा, सुन्तला, मेवा र नासपाती उचित मात्रामा खानुहोस्।
5. हरियो सागसब्जी बढी खानुहोस् : फाइबरयुक्त तरकारीलाई दैनिक खानाको हिस्सा बनाउनुहोस्।
6. दैनिक हिँडडुल गर्नुहोस् : कम्तीमा ३० मिनेट हिँड्ने वा नियमित शारीरिक व्यायाम गर्ने बानी बसाल्नुहोस्।
7. तौल नियन्त्रणमा राख्नुहोस् : शरीरको तौल स्वस्थ सीमामा राख्न खानपान र शारीरिक सक्रियतामा ध्यान दिनुहोस्।
8. नियमित स्वास्थ्य परीक्षण गर्नुहोस् : रगतमा चिनीको मात्रा जाँच गर्नुहोस्। लक्षण नदेखिए पनि जोखिममा रहेकाले परीक्षण गराउनुहोस्।
9. पर्याप्त निद्रा लिनुहोस् : नियमित समयमा सुत्ने र पर्याप्त आराम गर्ने बानी बसाल्नुहोस्।
10. औषधि नियमित सेवन गर्नुहोस् : चिकित्सकले दिएको औषधि वा इन्सुलिन समयमै लिनुहोस्। आफ्नो निर्णयमा औषधि बन्द नगर्नुहोस्।