काठमाडौ ।
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँएको छ । एकजना घाईते र एकजना पाईलट रहेको नेपाल मेडिसिटीले जनाएको छ ।फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
दुबैजनाको मेडिसिटीको आकस्मिक कक्षमा उपचार भैरहेको र उहाहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।