१० करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक


१६ असार २०७६, सोमबार १४:४१ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको टे«जरी बिल जारी गर्ने भएको छ ।

बैंकले ९१ दिने उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।सोमबार दिउसो ३ बजेभित्र अनलाइन बिडिङ्ग गरिसक्नु पर्ने बैंकले जनाएको छ । यसको नजिता भोलि आउने छ । यो ट्रेजरी बिल ९१ दिनपछि अर्थात् २०७६ असोज १४ गते परिपक्क हुनेछ ।

यसअघि राष्ट्र बैंकले असार ९ गते २८ दिन, ९१ दिन र १८२ दिनअवधिका १२ अर्ब २८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । सो ट्रेजरी बिलमा बिक्री गर्दा २८ दिने अवधिको ट्रेजरी बिलमा औसत ४.३२७८, ९१ दिन अवधिमा ५.१७२० र १८२ दिनअवधिको ट्रेजरी बिलमा औसत ५.५०७६ डिकाउन्ट दर कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here