विदेशी टेलिभिजन च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा उजुरी


१० असार २०७६, मंगलवार १५:५३ मा प्रकाशित

काठमाण्डौ । सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबीमा उजुरी परेकाे छ ।

उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुुबिसु केवल नेटका प्रमुख सुधिर पराजुलीविरुद्ध सीआईबीमा उजुरी दिएकाे हाे ।उनीहरुले सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेकाले मुलुकी ऐनको दफा ६८ अनुसार हदैसम्मको कारबाही माग गरिएको मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन प्रदायक संघको नामबाट उपभोक्ताको अधिकार हनन भएको र विदेशी टिभी च्यानल बन्द गरेर अरबौँको नोक्सान गरेकोले उजुरी गरिएको पनि उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् ।

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here