झापा । भद्रपुर नगरपालिकाको कार्यालय भित्र शंकास्पद वस्तु भेटिएको छ ।
नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिँढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । शंकास्पद वस्तु फेला परेपछि नगरपालिकाको बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ । बेलुका ८ बजेको समयमा अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर जानकारी गराएपछि नगरपालिकामा बम रहेको हल्ला भएको थियो ।
प्रजिअ दाहालले तत्काल प्रहरी कार्यालय झापालाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेर शंकास्पद वस्तु फेला पारेको जनाइएको छ ।





