झापामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सुरु


९ असार २०७६, सोमबार २१:४६ मा प्रकाशित

झापा । झापामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सोमबारदेखि सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले कर्मचारी मिलन केन्द्रको कार्यालयमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरि परिचयपत्र विवरण दर्ताको शुभारम्भ गरेको हो ।झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्यव समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले राष्ट्रिय परिचयपत्र विवरण दर्ताको शुभारम्भ गर्नु भएको हो ।अध्यक्ष पोर्तेलले व्यवस्थापन कक्षमा पुगेर आफ्नो व्यक्तिगत विवरण भरी र फोटो खिचाएर जिल्लामा यस कार्यक्रमको सुरुवात गर्नु भएको हो ।

गृह मन्त्रालयले पाँच बर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप यस बर्ष १५ जिल्लामा यस कार्यक्रमको विस्तार गरेको हो ।यसबर्ष झापासहित संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, स्याङ्जा, तनहुँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुरमा यस कार्यक्रमको विस्तार गरेको जनाइएको छ ।एक व्यक्ति एक परिचयपत्र नम्बर प्रणालीमा नागरिकता,पासपोर्ट, सवारी चालक लाइसेन्स आदि एकीकृत गर्ने कार्यको सुरुवात गरिने सरकारको योजना रहेको छ ।

झापाको सदरमुकाम भद्रपुरस्थित राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा हाल ६ वटा कम्प्युटर राखेर सेवाको सुरुवात गरेको हो ।आगामी आर्थिक बर्षको सुरुवातमै जिल्लाको १५ वटै स्थानीय तहमा ३२ वटा व्यवस्थापन कार्यको स्थापना गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने लक्ष्य राखेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here