झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसंगको तालमेलविपरित आफ्नो दलका कार्यकर्ताले भोट हालेमा पार्टीबाट बर्खास्त गरिने चेतावनी दिनुभएको छ ।
झापाको मेचीनगरमा एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा लिङ्देनले सो निर्देशन दिनुभएको हो।
उहाँले भन्नुभयो, ‘राप्रपाका कार्यकर्ताले सूर्यमा भोट हाल्नु ठाउँमा हाल्नुस्। नत्र मंसिर ४ पछि तपाईं राप्रपाको कार्यकर्ता बन्नु हुनेछैन ।’
लिङ्देन झापा ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ। त्यहाँ एमालेले लिङ्देनलाई समर्थन गरेको छ।
ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ। त्यहाँ राप्रपाले एमालेलाई समर्थन गरेको छ ।
एमालेसंगको तालमेल अनुसार मत हाल्नुस्, नत्र पार्टीबाट बर्खास्त गरिनेछ: लिङ्देन
२ कार्तिक २०७९, बुधबार १४:५० मा प्रकाशित





