ओलीको स्वास्थ्यमा सुधार, गृहजिल्ला झापामा आयोजित कार्यक्रमहरूमा सहभागी हुँदै


२ कार्तिक २०७९, बुधबार १०:२८ मा प्रकाशित

ओलीको स्वास्थ्यमा सुधार, बुधबारको कार्यक्रममा सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि बुधबारका लागि तय भएको कार्यक्रममा उहाँ सहभागी हुनुहुने भएको छ ।
झापाको मेचीनगरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मेचीनगरमा राप्रपा र एमालेले संयुक्त अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
मंगलबार गृहजिल्ला झापा आइपुग्नु भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको थियो।
उहाँलाई रुघा र ज्वरोले सताएपछि दमकस्थित घरमै आराम गर्नुभएको थियो । मंगलबार साँझ आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पनि ओली उपस्थित हुन सक्नुभएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here