झापा । बिहीबार जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताउनुभएको छ ।
असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिनुभएको थियो ।
नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।
सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२७ आश्विन २०७९, बिहीबार ११:२८ मा प्रकाशित





