पाँचथरमा १५ र इलाममा २५ उम्मेदवार मैदानमा, गठबन्धन र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने आँकलन


२७ आश्विन २०७९, बिहीबार १२:५७ मा प्रकाशित

झापा । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाँचथरमा १५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले बसन्त नेम्वाङलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका भीष्मराज आङ्देम्बेलाई उम्मेदवार बनाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल बहादुर चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललेमदन कुमार पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) ले दीन नाथ घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनले राम कुमार तुम्रोक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जस बहादुर योङहाङ, राष्ट्रिय जनमुक्ति पार्टीले नरेन्द्र प्रसाद कुरुम्वाङ, जनसमाजवादी पार्टी नेपालले भीम बहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले दल प्रसाद लिङदेनलाई उम्मेदवार बनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारमा दल बहादुर आङदेम्बे, विष्टन लावती, बाल कृष्ण काफ्ले र लाख वहादुर पालूङ्वा रहेका छन् ।यता इलामको क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा एमालेबाट महेश बस्नेत र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका छन् । सोही क्षेत्रमा जनता समाजवादी पार्टीले नेपाले कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले तोया नाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनले बुद्ध लाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जीत कुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीले पदम बहादुर लिम्बु, नेपाली कांग्रेस (बीपी) ले गणेस प्रसाद पौडेललाई उम्मेदवार बनाउँदा स्वतन्त्र उम्मेदवारका रुपमा बिक्रम पाण्डे, नेत्र प्रसाद रेग्मी र निमा तेन्जीङ शेर्पा रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले डम्बर बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । सोही निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले याम प्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश प्रसाद दुलाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले निर मणि माङमु लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनले मनि बहादुर लिम्वू (पापो), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गोविन्द सिंह लिम्वू, राष्ट्रिय जनमुक्ति पार्टीले खड्ग प्रसाद पालुंवा, नेपाली कांग्रेस (बीपी) ले डाक प्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीले तिलक बहादुर मगर, नेपाल कम्युनिष्ट पार्टी याक बहादुर लिम्वू, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश सापकोटालाई उम्मेदवार बनाउँदा स्वतन्त्र हैसियतमा दिपेश बोहोरा र जुनु माखिमले उम्मेदवारी दिएका छन् ।पाँचथर र इलाम दुवै जिल्लामा सत्ता गठबन्धन र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here