झापाको कन्काई नगरपालिका-३ मा मोटरसाईकल दुर्घटना, मोटरसाइकल चालकको मृत्यु


२६ आश्विन २०७९, बुधबार १६:१९ मा प्रकाशित

झापा । झापाको कन्काई नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रीत भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्रप्रसाद कोइरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here