काठमाडौं । मनाङबाट प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित हुनुभएको छ ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका मनाङेसँगै दोर्जे लामाले पनि उम्मेदवारी दिनुभएको थियो । लामाले उम्मेदवारी फिर्ता लिनका लागि निवेदन निवेदन दिनुभएको छ । लामोको उम्मेदवारी फिर्ता भएपछि मनाङेको एकल उम्मेदवार बन्नुभएको हो ।
लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिनुभयो । उहाँले उम्मेदवारी फिर्ताको निवेदन दिएपछि मनाङे प्रदेश सभामा एक्लो उम्मेदवार बन्नुभएको छ ।
अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पूरा गरेर उनलाई निर्विरोध निर्वाचित गर्ने घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिनुभयो ।





