जनगणनाको अन्तिम नतिजा धकेलियो


२५ आश्विन २०७९, मंगलवार १२:५२ मा प्रकाशित

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई प्रभावित पार्ने भएपछि राष्ट्रिय जनगणनाको अन्तिम नतिजा पछाडि धकेलिएको छ ।
आसन्न संघीय र प्रदेश निर्वाचन अघि जनगणना ,२०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दा कानुनी अड्चनसमेत बेहोर्नुपर्ने भएपछि नतिजा प्रकाशन पछाडि धकेलिएको हो ।
नयाँ तथ्यांक सार्वजनिक भएपछि त्यसैअनुसार निर्वाचन पद्धतिमा फेरबदल आउने छ ।
नयाँ तथ्यांकले समावेशीकरण व्यवस्थासमेत प्रभावित तुल्याउनेछ ।
सरकारले संघीय र प्रदेशको निर्वाचन मंसिर ४ गते सम्पन्न गर्ने भएपछि जनगणनाको नतिजा पछाडि धकेलिएको अधिकारीले जनाएका छन् ।
केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा सम्पन्न १२औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न गरेको थियो । उक्त जनगणनाको प्रारम्भिक नतिजा माघ १२ गते सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here