झापा । शुरुदेखि नै रोमाञ्चक चुनावी माहोल देखिएको झापा निर्वाचन क्षेत्र नं.२ मा अधिवक्ता तथा पूर्व पत्रकार स्वागत नेपालले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
झापा २ मा सत्ता गठबन्धनको तर्फबाट माओवादीकी धर्मशिला चापागाईंको उम्मेदवारी निश्चित भइसकेपछि एकाएक एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव तयार हुनुभएका अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हरिकुमार रानाले उम्मेदवारी दिनुभएको छ ।
उहाँलाई उम्मेदवार बनाएजस्तै सत्ता गठबन्धनको उम्मेदवारमा नाटकीय परिवर्तन आएको हो ।
२ वर्ष अघिदेखि नै सो स्थानका लागि तयारी गरिरहेका एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले घरदैलोसमेत शुरु गरिसकेको अवस्थामा उहाँलाई क्षेत्र नं. १ मा पठाएपछि एमालेका कार्यकर्तामा पनि एक किसिमले तरंग आएको छ ।
एकल सिफारिसमा परेका १ नं का रविन कोइरालालाई उम्मेदवारी सूचीबाटै हटाइएपछि रानाको उम्मेदवारीले तरंग ल्याइदिएको हो ।
कोइरालालाई प्रतिनिधि सभाको टिकट नदिएको र क्षेत्र नं २ मा कांग्रेसले उम्मेदवार नउठाएको सन्दर्भमा स्वतन्त्र उम्मेदवारी दिँदा परिणाम राम्रो हुने आंकलनका साथ स्वतन्त्र उम्मेदवारी नदिन कन्भिन्स् गराई रानालाई माओवादी केन्द्रबाट उम्मेदवार बनाइएको हो ।
यसैबीच अधिवक्ता स्वागत नेपालको स्वतन्त्र उम्मेदवारीलाई पनि जोडेर हेर्ने गरिएको छ । उहाँले आफूलाई साझा उम्मेदवारको रुपमा अर्थ्याउने गर्नुभएको छ ।
नेपालले आफ्नो उम्मेदवारी कुनै दल वा दलका नेताका विरुद्ध नभइ आफूले एक दशक अघि जनताले खराब उम्मेदवारलाई भोट हालेरै बहिष्कार गर्न पाउने अधिकार अर्थात् राइट टु रिजेक्ट कानुन बनाउन सर्वोच्च अदालबातबाट निर्देशनात्मक आदेश गराउँदा समेत हालसम्म कसैले सो कानुन नबनाएकाले सो कानुन बनाउन र जितेर जाने जनप्रतिनिधिले भनेको काम नगरेमा जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार राइट टु रिकल लागू गर्न संघीय संसदको उम्मेदवार बनेको नेपाल बताउनुहुन्छ ।
झापा २ मा स्वागत नेपालको स्वतन्त्र उम्मेदवारी केका लागि ?
२५ आश्विन २०७९, मंगलवार ११:१८ मा प्रकाशित





