काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गनुभयो ।
उहाले गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताउनुभयो ।
गैर नागरिकता सम्बन्धी ऐन संशोधन गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता
२५ आश्विन २०७९, मंगलवार १३:५६ मा प्रकाशित





