काठमाण्डौ । कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । स्थानीय ध्रुवराराज बिष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिनुभयो । आज बिहान पहिरोले घर बगाएको सूचना आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कालिकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । वर्षाले कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।
कालिकोटमा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता
२३ आश्विन २०७९, आईतवार १५:०७ मा प्रकाशित





