झापा । झापा क्षेत्र नं २ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार धर्मशीला चापागाईंले मनोनयन दर्ता नगर्ने हुनुभएको छ ।
उहाँको सट्टामा आजै नेकपा एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरि रानाले मनोनयन दर्ता गर्ने हुनुभएको छ।
माओवादी केन्द्रका एक जना नेताले सूर्योदय टेलिभिजनलाई दिएको जानकारी अनुसार चापागाईं र रानाबीच त्यस्तो सहमति भएको हो ।
रानाले अहिले बिहान उहाँकै निवासमा पत्रकार सम्मेलन आयोजना गरेर एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गर्दै हुनुहुन्छ ।





