बिर्तामोडको वानस्टप मलमा आगलागी, नियन्त्रणको प्रयास जारी


२२ आश्विन २०७९, शनिबार २१:१४ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा रहेको वानस्टप मलमा शनिवार साँझ आगलागी भएको छ ।
बिर्तामोड ५ जात्रुबारी बस्ने सूर्य अधिकारीले सो मलमा संचालन गरेको कपडा पसलमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
आगलागी नियन्त्रणका लागि बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल, स्थानीयवासी, प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here