आम चुनावः आज मनोनयन दर्ता, बाजागाजा तथा झाँकी लैजान निषेध


२३ आश्विन २०७९, आईतवार ०७:४० मा प्रकाशित

झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको आज मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइने, बाजागाजा, झाँकी लैजान गरिएको निषेध गरिएको छ ।

राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी मनोनयनका लागि समय लिइसकेका छन् ।

झापामा पनि ५ वटा संघीय निर्वाचन क्षेत्र तथा १० वटा प्रदेश निर्वाचन क्षेत्रका लागि आज मनोनयन दर्ता हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here