आयल निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, तत्कालै भाउ नघट्ने


२२ आश्विन २०७९, शनिबार १६:४४ मा प्रकाशित

काठमाण्डौ । नेपाल आयल निगम नाफामा गएको छ ।
अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिनुभयो ।
भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो ।
तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड रुपैयाँ पुग्ने भएको हो ।
सञ्चित कोषको पैसा पनि सकिएको र ४० अर्ब रुपैयाँ ऋणमा रहेकाले तत्कालै भाउ घटाउन नसकिने निगमको तर्क रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here