झापाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार १०:५८ मा प्रकाशित

झापा । झापाको छुट्टाछुट्टै ठाउँमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।
कनकाई नगरपालिका–९ मा प १–०२–०४० प ७६४० नम्बरको मोटरसाइकल सडक छेउको नालीमा पल्टिँदा मोटरसाइकलका चालक सप्तरीको सप्तकोशी नगरपालिका–९ का केशव गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा रहेका १३ वर्षका छोरा सङ्केत गौतमको झापाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै झापाको कमल गाउँपालिका–६ ताजपुरिया चोकमा प १–०१–०१४ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
ज्यान गुमाउनेको परिचय खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here