गोरखाबाट चुनाव लड्ने भएपछि प्रचण्डलाई बाबुरामको शुभकामना


२२ आश्विन २०७९, शनिबार ०७:४४ मा प्रकाशित

काठमाडौं । चितवन छोडेर गोरखाबाट चुनाव लड्ने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजयको शुभकामना दिनुभएको छ ।

दाहालले गोरखा–२ बाट चुनाव लड्ने भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत विजयको शुभकामना दिनुभएको हो।

भट्टराईले ट्विटरमा लेख्नुभएको छ,’मैले प्रतिनिधित्व गर्दै आएको गोरखा(२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here