बिर्तामोड । चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा एकजना बालिकाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो ।
उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।





