काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकाका लागि भनेर उत्पादन गरेको रुघाखोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।
गाम्बियामा रुघाखोकीको औषधि खाएका ६६ जना बालबालिकाको ज्यान गएको र ज्यान जानुमा त्यही औषधिको कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।
औषधिबाट मिर्गौलामा गम्भीर असर र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको डब्लुएचओले जनाएको छ ।
यो औषधि भारतको मेडन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो ।
भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु , डबलुएचओद्वारा चेतावनी जारी
२० आश्विन २०७९, बिहीबार १३:१३ मा प्रकाशित