काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेलगत्तै उनलाई प्रहरीले अनुसन्धानका लागि हत्कडी लगाएर लगेको छ ।
उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
लामिछाने बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
क्रिकेटर सन्दीप लामिछाने काठमाडौं अवतरण गरे लगत्तै प्रहरीको नियन्त्रणमा
२० आश्विन २०७९, बिहीबार ११:१४ मा प्रकाशित