काठमाण्डौ । उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ ।
आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो ।
यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो ।
उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो ।
जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ ।
मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई हिंसक व्यवहारु भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन्।
उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार
१८ आश्विन २०७९, मंगलवार १५:०१ मा प्रकाशित