निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक ३ बजे बस्ने


१८ आश्विन २०७९, मंगलवार १२:४७ मा प्रकाशित

झापा । निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।
अघिल्लो बैठकमा नेकपा एकीकृत समाजवादी एस का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए।
त्यस्तै बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो।
कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।
नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here