झापा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभा खोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमवार दिउँसो आफ्नै गाडी लिएर सभा खोला गएका थिए ।
उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताउनुभयो ।
प्रदेश १–०२–००२ च ५९२० नम्बरको जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभा खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा गाडी चालकका रूपमा कार्यरत थिए ।
सङ्खुवासभामा नुहाउन गएका बाबु–छोरा बेपत्ता
१८ आश्विन २०७९, मंगलवार १५:१० मा प्रकाशित