काठमाण्डौ । डेङ्गीका कारण अहिलेसम्म ४१ जनाको ज्यान गएको छ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गी भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ ।
डेङ्गी संक्रमितको संख्या ३१ हजार नाघेको छ ।
घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न डाक्टरको सुझाव छ ।
डेङ्गी का कारण ज्यान गुमाउनेको संख्या ४१ पुग्यो
१८ आश्विन २०७९, मंगलवार ११:५७ मा प्रकाशित