नेपाली सेनाको २१ नम्बर बाहिनीको विशेष पहलमा झापामा साइकल र्यालीको आयोजना


१५ आश्विन २०७९, शनिबार २०:५७ मा प्रकाशित

झापा । नेपाली सेनाको २१ नम्बर बाहिनीको विशेष पहलमा शनिवार झापामा साइकल र्यालीको आयोजना गरिएको छ ।

नेपालकै होचो स्थान कचनकवलको स्तम्भबाट साइकल र्याली शुरु भएको थियो । र्यालीनेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीमा सम्पन्न भएको हो ।

साइकल र्यालीले ५३ किलोमिटरको दुरी पार गरेको थियो । कचनकवलबाट शुरु भएको र्यालीबनियानी हुँदै भद्रपुर, बिर्तामोड, अर्जुनधारा धाम, सालबारी, कालिझोडाबाट चारआली ब्यारेक पुगेको थियो ।

दसैंको अवसर पारेर साइकल र्यालीआयोजना गरिएको नेपाली सेनाले जनाएको छ । समापन कार्यक्रममा साइकल र्यालीमा सहभागीहरूलाई कदर पत्रले सम्मान गरिएको एक सहभागी खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।

र्यालीनेपाली सेनाको २१ नम्बर बाहिनीका सहायक रथी कृष्ण पौडेलको विशेष पहलमा आयोजना गरिएको उहाँले बताउनुभयो ।

सेनाले झापामा साइकल र्यालीआयोजना गरेको यो पहिलो पटक हो । अब प्रत्येक बर्षको बडादसैंका बेला साइकल र्यालीगर्ने सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here