झापा कमलका एक पुरुषद्वारा आमा र काकाको हत्या, हत्या गर्ने प्रहरी नियन्त्रणमा


१६ आश्विन २०७९, आईतवार ०७:४५ मा प्रकाशित

झापा । झापाका एक पुरुषले आफ्नै आमा र काकाको हत्या गरेका छन् । कमल गाउँपालिका २ मिलन चोकका २० बर्षिय चन्द्र माझीले आफ्ना आमा ५० बर्षिय चन्द्रकला माझी र काका ५० बर्षिय सन्तबहादुर माझीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले शनिवार बेला अन्दाजी साँढे १० बजेको समयमा खुकुरी प्रहार गरि उनकै आमा र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आमा र काकाको हत्या गर्ने माझीलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here