झापा- पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुम्मायक गाउँपालिका २ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका ३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहनु भएको छ ।
बुधवार अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका ४ स्थित मध्य पहाडी लोकमार्गमा को ४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाकै अर्को खबरमा सुनसरीको इटहरी उप-महानगरपालिका १७ स्थित चतरा सडक खण्डमा को २ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ ।
ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।





