राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता


१२ आश्विन २०७९, बुधबार १७:२२ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । एकता पत्रमा मिश्र र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गर्नुभएको थियो ।

एकतापछि मिश्रले राप्रपाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउनुभएको छ भने उहाँसंगै राप्रपा प्रवेश गरेका अन्य नेताहरुलाई बिभिन्न जिम्मेवारी दिइने बताइएको छ ।

एकता कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसभामा उम्मेदवारी दिने र राप्रपालाई पहिलो पार्टी बनाउने दावी गर्नुभयो ।

उहाँले मतदाताले विश्वासिलो विकल्प खोजिरहेको अवस्थामा आगामी निर्वाचनमा राप्रपालाई विश्वास गर्ने जिकिर गर्नुभयो । तीन देशकदेखि केहि राजनीतिक दलले मुठ्ठीमा राखेको देशलाई अव निकास दिनुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै राप्रपा प्रवेश गरेपछि मिश्रले ठूलो शाहस गरेर आफैले बनाएको पार्टी छाडेको बताउनुभयो । उहाँले प्रमुख दलले नै मुलुकमा राजनीतिक बिचलन ल्याएको भन्दै अव अग्रज नेताहरुले छाडेका आदर्शलाई आफुहरुले अघि बढाउने जिकिर गर्नुभयो ।

उहाँले पार्टीलाई व्यवस्थापीक रुपमा चूस्त दुरुस्त र प्रविधि मैत्री बनाउने दावी गर्नुभयो । आगामी निर्वाचनपछि राप्रपालाई संसदमा शसक्त रुपमा उभिन सक्ने बनाउने उहाँको भनाइ छ ।

मिश्रले विवाद र द्वन्द्वले पार्टी अघि बढ्न नसक्ने भन्दै आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here