कांग्रेसमा कलहः डा.शेखर कोइराला समूहद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना


१२ आश्विन २०७९, बुधबार १४:२४ मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै साे समूहले बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएकाे हाे ।

पार्टीभित्र न्याय र अवसरका लागि धर्ना दिइएकाे साे समूहका नेताहरुले बताएका छन् ।

युवा नेता गुरुराज घिमिरे, कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलगायत नेताहरुकाे नेतृत्वमा धर्ना सुरु भएकाे हाे ।

निर्वाचन आयोगमा कांग्रेसले पेश गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूची सच्याउनुपर्ने, प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफ्नो समूहलाई ४० प्रतिशतको हिस्सा दिनुपर्ने उनीहरूको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here