काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
समानुपातिक बन्दसूचीमा रहेको उम्मेदवारको नाम सच्याउन तथा प्रत्यक्षतर्फको उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दैछ ।
आज दिउँसो ३ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो । उम्मेदवार चयनका लागि यसअघिकै केन्द्रीय समिति बैठकले सचिवालयलाई जिम्मेवारी दिइसकेको छ ।
१६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिएको छ । साथै, २३ असोजमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ ।





