बिर्तामोडमा नवरात्री अनुष्ठानको शुभारम्भ


१० आश्विन २०७९, सोमबार १८:१६ मा प्रकाशित

बिर्तामोड ।    झापाको बिर्तामोड १ स्थित पञ्चकन्या टोल विकास समितिले नवरात्री अनुष्ठानको शुभारम्भ गरेको छ ।

घटस्थापनाको दिन सोमबार कलशयात्रासहित नवदुर्गा मुर्तिको अनावरण तथा प्राणप्रतिष्ठागरिएको हो । ठूलो संख्यामा भक्तजनको सहभागिता रहेको एक कार्यक्रमकाबीच नवदुर्गा प्रतिमाको प्राणप्रतिष्ठा तथाअनावरण प्रमुख अतिथि पण्डित नन्दीकिशोर तिम्सिना र विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले संयुक्त रुपमा गर्नु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि व्यासाचार्य छन्दुराम भण्डारीले दुर्गा पुजा र हिन्दु धर्म जागरणका सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो । बैदिक सनातन, परम्परा, हिन्दु संस्कृति चाडवर्पसँग जोडिएको बताउदै उहाँले नेपाली बहुदेवताको उपासक भएको बताउनु भयो । उहाँले जमरा घटस्थापनाको दिन नै राख्नु पर्ने बताउदैै १६ दिनसम्म पितृहरुको दिब्य उपासना गरिने भएकालेघटस्थापनाका दिन राखिएको जमरा मात्रै धर्म अनुकुलहुने बताउनु भयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपममेयर नगेन्द्रप्रसाद संग्रौलाले धर्मका बारेमापछिल्लो पुस्तालाई पनि सिकाउनु पर्ने बताउनुभयो । पञ्चकन्या टोल विकास समितिका सल्लाहकार टिकाप्रसाद संग्रौलालेकार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नवदुर्गा भगवतीको मुर्ति सौजन्य गर्ने अन्जली हस्पिटलका डाक्टर प्रमोद राय, जेष्ठ नागरिक इश्वरादेवी संग्रौला र सस्ता राजवंशी, एरीमाया खनाललगायतलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । नवरात्री पर्वलाई साझा र नेपालीको संस्कारको रुपमा मनाउन पञ्चकन्या टोल विकास समिति लागि परेको समितिका अध्यक्ष जनक खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here