काठमाडौं । यस बर्षको मनसुन बाहिरिन अझै केही दिन कुर्नुपर्ने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको तर मनसुन पूर्ण रुपमा नबाहिरिने जल तथा महाशाखाले जानकारी दिएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो।
मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ।
यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।





