मनास्लु आधार शिविरमा गएको हिमपहिरोमा परी १२ घाइते


१० आश्विन २०७९, सोमबार १६:०३ मा प्रकाशित

काठमाडौँ– गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।

सो घटनामा १२ जना घाइते भएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको बताउनुभयो ।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ ।

यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here