‘माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगा’ कृषि ज्ञान केन्द्र झापामा समायोजन


९ आश्विन २०७९, आईतवार ११:३७ मा प्रकाशित

झापा । प्रदेश १ सरकारले विशेषज्ञ सेवा प्रदान गर्न प्रदेशस्थित १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ ।

प्रदेश सरकारले केही कार्यालय समायोजन समेत गरेको छ ।

जसमा मल परीक्षण प्रयोगशाला सुरुंगालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।

त्यसैगरी बागबानी केन्द्र जौबारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा प्रदेश सरकारले समायोजन गरेको छ ।

प्रदेश सरकारले मोरङमा शुक्रबार कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको छ ।

तेह्रथुममा असोज ९ मा र ताप्लेजुङ असोज १० मा केन्द्र स्थापना गरिने कृषि मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताउनुभयो । यसअघि सुनसरी र मोरङ कार्यक्षेत्र रहने गरी इनरुवामा केन्द्र स्थापना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here