काठमाण्डौ । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ ।
खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ ।
यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेल जितेको छ ।
शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि छ ।
दुई देशबीचको पाँचौँ खेल बुधवार, छैटौँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आउँदो आइतवार हुनेछ ।





