काठमाण्डौ । दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने गाडीको यान्त्रिक परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो ।
सोहि बमोजीम काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका गाडीको आजैदेखि यान्त्रिक परीक्षण थालिने भएको छ ।
यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ ।
यसैगरी जाँड रक्सी र लागुपदार्थ प्रयोग गरेर गाडी चलाउँदा पनि दुर्घटना बढेको भन्दै यसलाई नियन्त्रण गर्न आकस्मिक जाँच समेत हुनेछ ।





